दफा
संचालकको अयोग्यता
देहायको व्यक्ति समितिको संचालक हुन अयोग्य मानिनेछः– (क) टाट उल्टेको, (ख) बहुलाएको, (ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहरी ६ महीनाको कैदको सजाय पाएको, (घ) दफा २८ बमोजिम कोषसंग ठेक्का पट्टा लिएको वा त्यस्तो ठेक्का पट्टा लिएको वा त्यस्तो ठेक्का पट्टामा साझेदार भएको, (ङ) नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी वा संगठित संस्थाको दशौं तह वा सो सरहको तह भन्दा तल्लो तहका पदमा कार्यरत कर्मचारी, वा (च) दफा २९ अन्तर्गत सजाय पाएको ।